शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ७ अर्ब पनि पुगेन
चैत ३, २०८१ आइतबार
पर्सा – औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने गरेको स्थानियबासिन्दा बताउँछन् । वीरगञ्ज महानगर क्षेत्रको भित्री सडकमा फोहरमैला थुप्रिने गरेको छ ।
वीरगञ्ज महानगर–६ मिनाबजारमा व्यापार गर्दै आएका परशुराम तेलीले लामखुट्टेले टोक्न थालेको तर महानगरले लामखुट्टे नियन्त्रणका उपाय अपनाउन बेवास्ता गर्ने गरेको बताउनुभयो । वीरगञ्ज महानगर–४ बिर्ताका राकेश झा पनि लामखुट्टे आतङ्क नै भएको गुनासो गर्नुहुन्छ ।
वीरगञ्ज मच्छडगञ्ज भइसक्दा पनि रोकथाममा ध्यान नपुग्दा डेङ्गीको जोखिम बढेको उहाँको भनाइ छ । वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले आजदेखि सवै वडामा कार्यतालिका बनाएर लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गर्न लागेको जानकारी दिनुभयो । अभियानलाई चैत २४ गतेसम्म निरन्तरता दिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।