आईपीएल खेल्न पाकिस्तान लिग छाडेपछि पीसीबीले दक्षिण अफ्रिकाका खेलाडीलाई कानूनी नोटिस पठायो

 चैत ४, २०८१ सोमबार १४:५१:४४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशले यही मार्च २२ देखि शुरू हुने १८औं संस्करणका लागि मुम्बई इन्डियन्ससँग सम्झौता गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई कानुनी नोटिस पठाएको छ ।

यो सिजनमा पहिलो पटक आईपीएल र पाकिस्तान सुपर लिग (पीएसएल) सँगसँगै हुँदैछ । आईपीएल मार्च २२ देखि मे २५ सम्म र पीएसएल अप्रिल ११ देखि मे १८ सम्म चल्नेछ ।

जनवरीमा भएको पीएसएल ड्राफ्टमा पेशावर जाल्मीले डायमन्ड श्रेणीमा बोशलाई छनोट गरेको थियो । तर मार्च ८ मा मुम्बई इन्डियन्सले घाइते भएका लिजाड विलियम्सको ठाउँमा ३० वर्षीय अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समावेश गर्ने घोषणा गरेको थियो ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार पाकिस्तान सुपर लिगका फ्रेन्चाइजीहरूलाई आईपीएल खेल्न धेरै विदेशी खेलाडीहरूले पीएसएल छाड्ने डर छ । यदि पीसीबीले बोशमाथि कुनै कारबाही नगरेमा भविष्यमा धेरै खेलाडीहरू पीएसएलमा अनुबन्ध भए पनि मौका पाएमा आईपीएल खेल्न जान सक्ने फ्रेन्चाइजीहरूलाई चिन्ता छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया