एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त हुनुभएका उहाँ ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लाग्नुभएको हो ।
आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाउन लागेका छन् ।
अनिवार्य अवकाश पाउने एआईजीहरूमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ तथा डीआईजीहरूमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।
कुँवरले अनिवार्य अवकाश पाउने भएपछि सरकारले आजै नयाँ आईजीपीको नियुक्ति गर्ने तयारी गरेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ आईजीपी नियुक्ति गर्ने तयारी छ ।
आज बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्नेछ । सरकारले रिक्त एआईजी र डीआईजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।