परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडौं – आजदेखि १६ औँ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु हुँदैछ । महोत्सवमा ३१ देशका ७२ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ ।
एशोसिएनका अनुसार महोत्सवका लागि ६१ देशका ४ सय भन्दा धेरै चलचित्र र वृत्तचित्रले आवेदन दिएकोमा ३१ देशका ७२ वटालाई छनोट गरिएको हो । काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा हुने प्रदर्शनीमा विभिन्न विधामा चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनुका साथै विभिन्न विधामा प्रतिस्पर्धासमेत हुनेछ ।
आउँदो बुधबारसम्म चल्ने चलचित्र महोत्सबका लागि यसपटक नारी र उनीहरुका सफलताको विषयलाई प्राथमिकता दिइएको छ । नेपाल पानारोमा विधामा २१ वटा नेपाली चलचित्र र वृत्तचित्र मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ विभिन्न देशका १४ ओटा चलचित्र रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रियतर्फ बिना प्रतिस्पर्धाका ३६ ओटा चलचित्र तथा वृत्तचित्र रहेका छन् । शुक्रबार हुने उद्घाटन समारोहमा अस्ट्रेलियाकी निर्देशक जेनिफर पीडमले निर्देशन गरेको वृत्तचित्र ‘माउन्टेन’ को स्पेशल स्क्रीनिङ हुनेछ ।
कार्यक्रम तालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।