यो साता सुनको भाउ १३ सय रुपैयाँ बढ्यो

 मंसिर २१, २०७५ शुक्रबार १२:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार एक सय र बिहीबार तीन सय रुपैयाँ बढेको हो । शुक्रबार भने सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको भाउ यो हप्ता तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी शरक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया