आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

 चैत १६, २०८१ शनिबार १३:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ ।

गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो । जीतसँगै बेङ्गलुरुको दुई खेलमा ४ अङ्क भएको छ । पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया