बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ ।
आज काठमाण्डाैमा युवा सङ्घको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । कर्मचारीलाई निकालेकाेबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको उहाँले उल्लेख गर्नुभयाे । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको ओलीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कर्मचारीलाई निकालेकाेबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्याे रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । एउटालाई हटायो, अर्कोलाई नियुक्त गर्याे । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी ? कसैले भनेकाे कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै कुलमान घिसिङलाई हटाउनु पार्टीका लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको टिप्पणी गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।