यमनमा हुथी विद्रोहीमाथि अमेरिकी आक्रमणबारे गोप्य सूचना चुहावटको दोष राष्ट्रिय सुरक्षा सल्लाहकारलाई

 चैत १४, २०८१ बिहीबार ६:४१:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले लिनुपर्ने बताउनुभएको छ ।

ट्रम्पका आफ्नै नजिकका अधिकारीले भुलबस द एट्लान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गलाई शीर्ष अमेरिकी अधिकारीहरूसँग भइरहेको  ग्रुप च्याटमा आमन्त्रित गरेपछि घटनामा ट्रम्पको समेत आलोचना भइरहेको छ । तर ट्रम्पले यसबारे आफूलाई केही जानकारी नभएको र सम्पूर्ण जिम्मेवारी वाल्ट्जले लिनुपर्ने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले दुई महिनामा आफ्नो प्रशासनको यो एक मात्र गल्ती भन्दै आफ्नो बचाउ गरिरहनुभएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले गोप्य सूचना चुहावटको सन्दर्भमा पत्रकार गोल्डबर्गलाई ट्रम्प विरोधीको घोषणा गर्दै उहाँलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । तर गोल्डवर्गले पत्रिका र पत्रकारलाई दोष लगाउनुको सट्टा ह्वाइट हाउसकै लापर्बाहीले घटना भएको भन्दै सिग्नल सुरक्षाबारे सोच्नुपर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

द एट्लान्टिकले ग्रुप च्याटका सन्देशहरूको आधारमा यस महिनाको शुरूमा रक्षा सचिव पिट हेगसेथले यमनमा अमेरिकी हवाई हमलाको बारेमा जानकारी साझा गरेको देखिन्छ । 

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया