बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनशिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या ४२ मा झारेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ । तीन दिनको छनोटपश्चात् खेलाडीको सङ्ख्या ५८ बाट ४२ मा झारिएको हो ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ ।
नेपालले श्रीलङ्कासँग ‘मे’ ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलङ्का छ । अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।