बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गर्नुभएको छ ।
‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डाैमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा पीडितहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको छ । शान्ति प्रक्रिया टुङ्ग्याउँदै गर्दा मुख्यतः पीडितहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । अहिले पनि हामी राजनीतिक दलहरूको बीचमा विवाद छ । हामी प्रमुख दलहरू नै कोही सत्तापक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । यी तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा हामीबीच कहिल्यै विवाद भएन ।’
प्रचण्डले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।