बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात हुने जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो ।
प्राधिकरणका अनुसार नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको हो । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात भइरहेकोमा अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट बिजुली आयात हुनेछ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ ।
चैत ३ यता प्राधिकरणले भारतबाट दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ । अब भारतबाट आयात बढेपछि उद्योगहरुमा भइरहेको लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ । अहिले उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।