रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउने समय नभएको युरोपेली देशको निष्कर्ष

 चैत १५, २०८१ शुक्रबार १०:१५:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकालेको छ ।

युक्रेनसँगको युद्ध नरोकुञ्जेल अमेरिकाले रुसको प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड रहेको बीबीसीले जनाएको छ ।

सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले अहिले रुसमाथिको प्रतिबन्धहरू हटाउने समय नभएकोले अमेरिकी पहलमा थप दबाब दिएर रूसलाई युद्ध विराम सम्झौताका लागि निर्णायक वार्ता गर्न बाध्य बनाउनुपर्ने बताउनुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रूसले कुनै पनि किसिमको शान्ति नचाहने भएकाले उसलाई दबाबको आवश्यकता रहेको प्रतिक्रिया दिइरहनुभएको छ ।

यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसको प्रतिबन्ध तत्काल हटाउनु गम्भीर गल्ती हुने र शान्ति नआउञ्जेल कुनै अर्थ नहुने बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया