बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो । यसअघि यही चैत ६ गते सुनको भाउ तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
हिजो सुनको भाउ तोलाको एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिला दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा दुई हजार एक सय रुपैयाँले बढेकाे हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर ताेलाकाे दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २० रुपैयाँ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।