पर्वतमा आठ प्रजातिका गहुँबालीबारे अनुसन्धान शुरू

 चैत १५, २०८१ शुक्रबार १२:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्वतमा आठ प्रजातिका गहुँबालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका प्रजनन गहुँमाथि अनुसन्धान शुरू गरेको जनाएको छ ।

सरकारको जलवायु अनुकूलन गहुँ खेती प्रविधि कार्यक्रमअन्तर्गत मध्यपहाडी भेगमा पहिलो पटक गहुँबारे अनुसन्धान थालिएको केन्द्रले जनाएको छ ।

कुन ठाउँमा कुन प्रजातिको गहुँखेती गर्दा किसानले राम्रो उत्पादन लिन सक्छन्, कुन हावापानी र मौसम तथा भौगोलिक ठाउँमा कुन प्रजाति सुहाउँदो छ भन्ने विषयमा अनुसन्धान थालिएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ कृषि विकास अधिकृत खेमराज पन्तले जानकारी दिनुभयो ।

वर्षेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभावजस्ता कारणले किसानहरूको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिश गर्ने फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले बताउनुभयो ।

गहुँका  विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकोमा अहिलेसम्म चार जात सिफारिशका लागि छनाेट भएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया