गणतन्त्रवादी र राजावादीकाे प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ

 चैत १५, २०८१ शुक्रबार १२:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा गणतन्त्रवादी र राजावादीकाे प्रदर्शन शुरू भएकाे छ । गणतन्त्रका पक्षमा समाजवादी माेर्चा नेपालकाे काठमाण्डाैकाे प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूकाे नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएकाे छ ।

प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेका छन् । दुवै पक्षकाे प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डाै उपत्यकाकाे सुरक्षा व्यवस्था चुस्त बनाएकाे नेपाल प्रहरीले जनाएकाे छ ।

प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेकाे छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन राेक लगाइएकाे छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी रहेकाे र भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया