पाथीभरा केबलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 चैत १७, २०८१ आइतबार १५:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुमलुङ अर्थात् पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको छ ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने भन्ने तय गर्न दुवै पक्षलाई छलफलका लागि चैत २६ गते बोलाएको छ । यससँगै सर्वोच्चले पाथीभरा केबलकार निर्माणका विषयमा कारण देखाऊ आदेश पनि दिएको छ । विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

स्थानीयवासी यामबहादुर लिम्बूसहित आठ जनाले पाथीभरा क्षेत्रमा केबलकार बनाउने, बनाउन दिनेलगायत सम्पर्ण कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । यसबाहेक पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर सर्वोच्चमा अन्य दुई वटा मुद्दा विचाराधीन छन् ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया