नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त
चैत १९, २०८१ मंगलबार
प्यालेस्टिनी लडाकू समूह हमासले गाजामा युद्धविरामको नयाँ प्रस्तावमा सहमति जनाएको छ । ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच जना बन्धक रिहा गर्नेसम्बन्धी मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले जनाएको छ ।
हमासका सबैभन्दा वरिष्ठ नेता खलील अल–हयाले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई अनुमोदन गरेको बताउनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि नयाँ प्रस्ताव प्राप्त भएको र अमेरिकासँग पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूलाई प्रति–प्रस्ताव पेश गरेको बताएको छ । नयाँ सम्झौतामा दुवै पक्ष सहमत भए ईदमा कार्यान्वयन गर्न सकिने खबरमा उल्लेख छ ।
इजरायली सेनाले गाजामा दैनिक हवाई आक्रमण र रफाहमा स्थलगत कारबाही गरिरहेका बेला नयाँ युद्धविराम सम्झौताबारे छलफल भइरहेको छ ।
हमास र इजरायलबीच जनवरीमा भएको युद्धविराम सम्झौता यसै महिना तोडिएको थियो । यस सम्झौताको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गरेको थियो । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको विश्वास गरिएको छ तर तीमध्ये कति जीवित छन् भन्ने स्पष्ट भइसकेको छैन ।
हमासले पहिलेको सम्झौता नतोड्न र दोस्रो चरणको वार्ता शुरू गर्न चाहेको थियो । दोस्रो चरणमा प्यालेस्टिनी बन्दीहरूको सट्टामा जीवित बन्धकहरूलाई रिहा गर्ने र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती समावेश थियो । तर यस विषयमा वार्ता शुरू हुन सकेन ।
यसको बदलामा इजरायल र अमेरिकाले एक महिनाअघि म्याद सकिएको पहिलो चरणको युद्धविराम लम्ब्याउन प्रस्ताव गरेका थिए । तर इजरायलले भने हमासले यो प्रस्तावलाई स्वीकार नगरेको आरोप लगाउँदै फेरि आक्रमण शुरू गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।