अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

 चैत १८, २०८१ सोमबार १८:४:५ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भन्नुभएको छ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

ट्रम्पको यो घोषणापछि आज एशियाको शेयर बजारमा गिरावट देखिएको छ ।

ट्रम्पले एअर फोर्स वनमा पत्रकारहरूलाई आफ्नो सरकार व्यापारमा अन्य देशहरूभन्दा निकै उदार र दयालु हुने पनि बताउनुभएको खबरमा उल्लेख छ ।

गएको हप्ता ट्रम्पले अमेरिकी कर थोरै घटाउनसक्ने सङ्केत गर्नुभएको थियो । ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार केभिन ह्यासेटले यी करहरू मुख्यतया अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका १० देखि १५ वटा देशमा लागू हुने बताउनुभएको थियो तर उहाँले ती देशहरूको नाम भने उल्लेख गर्नुभएको थिएन ।

यी करहरूले अमेरिकालाई अनुचित व्यापार प्रतिस्पर्धाबाट जोगाउन र राम्रो व्यापार सम्झौताहरू हासिल गर्न मद्दत गर्ने ट्रम्पको विश्वास छ ।
 

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया