सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि नेपाली टोली घोषणा
चैत ४, २०८१ सोमबार
सिन्धुपाल्चोक, वैशाख २६ – सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये एउटाको पनि आफ्नै भवन छैन । स्थानीय तहहरुले मासिक १ लाख रुपैयाँसम्म भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेका छन् । गाउँगाउँमा सिंहदरबार नारा दिएर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि एक वर्षसम्म कार्यालय नै व्यवस्थित हुन सकेको छैन । गाउँपालिकाको कार्यालयका लागि भाडाको घर भेटिए पनि आफूहरुले डेरासमेत नपाएको कर्मचारीहरुले गुनासो गरेका छन् ।
गाउँबाट समस्या लिएर आउनेसँग कुरा गर्न र वडाअध्यक्षहरुसँग बैठक राख्न पनि कठिन हुने स्थानिय तहका प्रमुखहरुको गुनासो छ । मेलम्ची नगरपालिकाले मासिक ७० हजार भाडा तिरेर दुईवटा घर भाडामा लिएको प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । अब केही दिन भित्रै आफ्नै भवनमा कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयोे । मेलम्ची नगरपालिकाले आफ्नै स्रोतमा लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ ।
सदरमुकाम चौतारामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले मासिक ७० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरीरहेको छ । जिल्लास्थित सबै सरकारी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने भएपछि अहिलेको जिल्ला कृषि कार्यालयमा नगरपालिका कार्यालय राख्ने तयारी भएको छ ।
बाह्रविसे नगरपालिकाले भने भने साविकको बाह्रविसे गाविस भवनलाई मर्मत गरेर र केही कोठा थप गरेर कार्यालय बनाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ४० रोपनीभन्दा बढी जग्गादान गरेका छन् । तर अहिलेसम्म मासिक ४० हजार भाडामा नै कार्यालय सञ्चालन भइरहेको अध्यक्ष टासी लामा हृयोल्मोले बताउनुभयो ।
हेलम्बु गाउँपालिकालाई स्थानीयले झण्डै ७० रोपनी जग्गा दान दिएका छन, तर कार्यालय अहिलेसम्म भाडाकै घरमा छ ।
इन्द्रावति गाउँपालिकाले साविकको नवलपुर गाविस भवनलाई मर्मत गरेर कार्यालय सञ्चालन गरेको छ ।
विकटको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय पिस्करमा रहेको छ । साविकको पिस्कर गाविस भवनलाई मर्मत गरेर गाउँपालिका कार्यालय सञ्चालन गरिएको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिकाले स्थानीय हिम्दी बजारमा दुई वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । अहिले गाँउपालिकाले मासिक ५० देखि ६० हजारसम्म भाडा तिर्ने गरेको उहाँले बताउनुभयो ।
सुनकोशी गाउँपालिकाले केन्द्र विवाद टुंगिएपछि आफ्नै भवनको लागि जग्गा मिलाउनका पहल सुरु गरेको छ । गाउँपालिकाको केन्द्र पाँग्रेटारबाट माछापोखरीमा सार्ने निर्णय भएको छ । कार्यालय सञ्चालनको लागि गाउँपालिकाले अहिले तीनवटा घर मासिक ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको उपाध्यक्ष लक्ष्मी पौडेलले बताउनुभयो ।
जुगल गाउँपालिकाले मासिक ५० हजार बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । कार्यालय व्यवस्थापनका लागि उपाध्यक्षको नेतृत्वमा जग्गा खोजी भैरहेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
लिसंखुपाखर गाउँपालिकाले साविकको अत्तरपुर गाविसको भवनमा कार्यालय सञ्चालन गरिरहेको छ । आँउदो भदौ महिना भित्रमा आफ्नै कार्यालयमा सर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । गाउँपालिका केन्द्र अत्तरपुरको बुलबुले भन्ने ठाउँमा स्थानीय १५ जनाले ७० रोपनी बढी जग्गा गाउँपालिकालाई दान दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।