गृहमन्त्री र उर्जामन्त्रीको गर्जन : बिजुली चोर्नेलाई बाँकी राख्दैनौँ

 जेठ ३०, २०७५ बुधबार १७:१७:४७ | उज्यालो सहकर्मी

काठमाडाै‌ - बिजुली चोरी नियन्त्रण अभियानमा गृह मन्त्रालय र उर्जा मन्त्रालयले संयुक्त रुपमा काम गर्ने भएका छन् । 

बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा बादल र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षामान पुनले विजुली चोरी गर्नेविरुद्ध संयुक्त अभियान चलाएर बाँकी नराख्ने चेतावनी दिनुभएको छ । 

गृहसचिव प्रेम कुमार राइ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका पदाधिकारीलाई राखेर दुइ मन्त्रीले बिजुली चोरी नियन्त्रण अभियान प्रभावकारी बनाउने घोषणा गरेका हुन् । 

गएको वर्ष राष्ट्रिय प्रणालीबाट २२ दशमलव ९ प्रतिशत बिजुली चुहावट भएकोमा यो बर्ष नेपाल विद्युत प्राधिकरणले २० दशमलव ६ प्रतिशतमा झारेको छ ।

आउँदो वर्ष विद्युत चुहावट १५ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन  ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।  

आज भएको २ मन्त्रालयको सहमति अनुसार बिजुली चोरी नियन्त्रण गर्न हरेक जिल्ला प्रशासन कार्यालयले कार्यविधि बनाउने र चोरीविरुद्ध कडा कारबाही गरिने भएको छ ।

यस्तै प्रसारणलाइन र आयोजनास्थल बनाउन जग्गा अधिग्रहणको लागि जिल्ला प्रशासन कार्यालयलार्इ थप सक्रिय बनाउने, विद्युत आयोजनास्थलमा थप सुरक्षा महसुस भएमा गृह मन्त्रालयमार्फत तत्कालै समन्वय गर्ने र ढिलाइ भएका आयोजनामा थप कारबाही आवश्यक भएमा उर्जा मन्त्रालयको आग्रहमा थप सुरक्षा दिने पनि सहमति भएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया