कटुवा पेस्तोलसहित दुई युवक प्रक्राउ

 मंसिर २२, २०७५ शनिबार १४:१७:३० | आशिष विश्वकर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – इलाका प्रहरी कार्यालय लहानले अवैध हतियार र लागुऔषधसहित दुई युवकलाई शुक्रबार बेलुका पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा लहान नगरपालिका–४, का २५ वर्षीय रंजित यादव र लहान–५, का २७ वर्षीय रामचन्द्र पासमानलाई प्रहरीले पक्राउ गरेको हो । दुवैजनालाई यादवकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रंजित यादवको घरबाट दुई थान कटुवा पेस्तोल, राइफलको गोली र लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । यादवको घरमा धानको बोरामा लुकाइ राखेको अवस्थामा दुई थान कटुवा पेस्तोल, केएफ ८ एमएम लेखिएको राइफल र गोली एक थान बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी माधवराज खरेलका जानकारी दिनुभयो ।

त्यसैगरी लागुऔषधहरु प्रयोग भइसकेका ८ एम्पुल डाइजेल्याब, ६ एम्पुल फेनारगन, २ एम्पुल लुपिजेसिक, ८ थान सिरिञ्ज, ५ ट्याबलेट, डाइलेक्स डीसी १ बोतल फेला परेको प्रहरीको भनाई छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी राजेश थापासहितको प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा हातहतियार र लागुआषौध भेटिएको जनाएको छ ।

पक्राउ परेका यादव र पासमानमाथि अनुसन्धान भइरहेको डीएसपी खरेलले बताउनुभयो । बरामद गरिएका हतियार र लागुऔषधबारे पनि थप अनुसन्धान भइरहेको उहाँको भनाई रहेको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया