कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै – यस पटकको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि खुम्बु आइसफल अर्थात् दोस्रो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले परिचालन गरेका आइसफल डाक्टरहरूको टोलीले सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको २ हजार २ सय मिटर बाटो बनाउने काम सम्पन्न गरेका पर्यटन विभागकी निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।
हरेक वर्ष एसपीसीसीले आधार शिविरदेखि ६ हजार ४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्दै आएको छ । जसमा डोरी टाँग्ने, जोखिमपूर्ण ठाउँमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घले टेन्डरमार्फत जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपिडिसनले गरेको जनाइएको छ ।
सगरमाथामा दोस्रो शिविरसम्म वर्षेनि बाटो हराउने भएकोले बाटो बनाउन कठिन हुन्छ । दोस्रो शिविरभन्दा माथि 'रोप फिक्सिङ' अर्थात् डोरी टाँग्ने काम तुलनात्मक सजिलो रहेको आइसफल डाक्टरहरू बताउँछन् ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म एक सय ३४ जनाले अनुमति लिएका छन् जसमा २७ महिला र १ सय ७ पुरुष छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।