कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै – पाल्पा सदरमुकाम तानसेनमा चलिरहेकाे दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।
गएरातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो । हिजाे कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हावाहुरी चलेपछि महोत्सवमा भागदौड मच्चिएको थियो ।
असिनासहितकाे वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर गएरातिदेखि चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत ढलेका छन् । अब महोत्सव नै अनिश्चित बनेको छ ।
महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीहरूको भनाइ छ । हावाहुरीले करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने तयारी आयोजक तानसेन नगरपालिकाले गरेको छ । महोत्सव यही चैत २२ गतेदेखि शुरू भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।