कर्णाली प्रदेश सरकारद्वारा एक वर्षमा ९५ किलाेमिटर सडक कालाेपत्र

 चैत २८, २०८१ बिहीबार १८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – एक वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले ९५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । एक वर्षे उपलब्धि सार्वजनिक गर्दै आज मुख्यमन्त्री यामलाल कँडेलले २ सय ५ किलोमिटर सडक ग्राभेल, २३ वटा पक्की पुल, ४२ वटा झोलुङ्गे पुल, ८ वटा सार्वजनिक भवन निर्माण भएको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट कार्यान्वयन भएको प्रदेश सरकारको दाबी छ । २०८० साल चैत २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार दल फेर्नु परेको थियो । अहिले नेपाली कांग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया