आईपीएल क्रिकेटमा चेन्नईले लखनउलाई पाँच विकेटले हरायो

 वैशाख २, २०८२ मंगलबार ६:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जीत निकालेको छ ।

हिजो भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो । योसँगै लखनउको तीन खेलको अपराजित यात्रा र चेन्नईको पाँच खेलमा जीतविहीन यात्रा टुङ्गिएको छ ।

लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा  पाँच विकेट गुमाउँदै १६८ रन बनायो ।

चेन्नईकाशिवम दुबेले सर्वाधिक ४३ रन बनाए । कप्तान मेहेन्द्र सिंह धोनीले २६ रन जोडे । लखनउका रवि बिश्नोईले दुई विकेट लिए ।

त्यसअघि भारत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

लखनउका कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए । मिचेल मार्शले ३० रन जोडे । चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए ।

प्रतियोगितामा लखनउको सात खेलबाट आठ अङ्क छ । समान खेलबाट पुछारमा रहेको चेन्नईले चार अङ्क पुर्‍याएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्गस र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया