ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
बाँके – बाँकेकाे नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण थालिएको जानकारी दिनुभयो ।
आज दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली नेपालगञ्ज पुगेको हो ।
अस्पतालले सेवा शुरू गरेसँगै अब मिर्गौला प्रत्यारोपण गर्न बिरामी अन्त जानुपर्ने बाध्यता नहुने डा. सुवेदीले बताउनुभयो । भेरी अस्पतालमा अहिले दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको महत्त्वपूर्ण उपलब्धि रहेको र बिरामीका लागि उपचारको आश जगाउने काम भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।