आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाबको खेल
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ ।
हिजो भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो ।
उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुई/दुई विकेट लिए ।
नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । याे हारसँगै महेन्द्र सिंह धाेनीकाे कप्तानीमा रहेकाे चेन्नई प्लेअफमा नपुग्ने भएकाे छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
पञ्जाब ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।