काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह

 वैशाख ११, २०८२ बिहीबार १६:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाण्डाै टावर) को तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले कसरी अनियमितता र नीतिगत भ्रष्टाचार भयो भन्ने विवरण सार्वजनिक गर्नुभएको छ । नक्शापासमा गरेको बदमासीबाट महानगरलाई एक अर्बभन्दा बढीको आर्थिक क्षति हुनसक्ने र ठेकेदारलाई अर्बाैंकाे फाइदा पुग्ने उहाँकाे दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगरमा हाजिर भएको दुई दिनमै गरेको निर्णय आफूलाई समेत तीन महिनापछि थाहा भएको दाबी गर्दै मेयर शाहले अझै पनि महानगरको ईबीपीएस प्रणालीमा प्रविष्ट नभएको उल्लेख गर्नुभएको छ ।

वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्शापास गरिएको मेयर शाहको दाबी छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया