रुस र युक्रेन सम्झौताको धेरै नजिक : अमेरिकी राष्ट्रपति ट्रम्प

 वैशाख १३, २०८२ शनिबार १०:११:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन सम्झौताको धेरै नजिक रहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र राजदूत स्टीव विटकफले मस्कोमा वार्ता गरे लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेन सम्झौताको धेरै नजिक पुगेका प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले धेरैजसो प्रमुख बुँदाहरूमा सहमति भएको र रूस र युक्रेनलाई धेरै उच्च स्तरमा भेट्न र सम्झौता पूरा गर्न आग्रह गर्नुभएको छ ।

पुटिन र ट्रम्पका दूत विटकफबीच मस्कोमा तीन घण्टा कुराकानी भएको हो । रुसले यो कुराकानीपछि रचनात्मक रहेको प्रतिक्रिया जनाएको छ । पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार रुस र युक्रेनबीच सीधा वार्ता फेरि शुरू  हुने सम्भावना छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले आफ्ना सहयोगीसँग रुसमाथि अधिक दबाब दिन आग्रह गर्नुभएको छ । रुसले सन् २०२२ मा युक्रेनमा आफ्नो पूर्ण–स्तरको आक्रमण शुरू गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया