उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आइसीसीले पत्र पठाई दासलाई सो टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो । दासकै प्रशिक्षणमा नेपाली टोलीले थाइल्याण्डमा हुने टी–२० प्रतियोगिता र महिला विश्वकपको एसिया छनोट खेल्नेछ ।
अगामी पुस २८ देखि माघ ४ गतेसम्म थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता र आगामी आगामी फागुन ६ देखि १५ गतेसम्म हुने महिला विश्वकपको एसिया छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण गर्ने भएको छ । महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट खेलको खेलतालिका सार्वजनिक गरेसँगै नेपालले बन्द प्रशिक्षण शुरु गर्न लागेको प्रशिक्षक दासले जानकारी दिनुभयो ।
प्रशिक्षणमा ५० बढी खेलाडीलाई समावेश गरी अन्तिम टोली छनोट गनिनेछ । नेपालले थाइल्याण्डमा टी–२० प्रतियोगिता खेल्नेछ । बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपालले २०२० मा हुने महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट प्रतियोगिता खेल्नेछ ।
छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।