पूर्वप्रेमी रणबिर कपूर रिसेप्सनमा नआउनुको कारणबारे दीपिकाले मुख खोलिन्

 पुष ३, २०७५ मंगलबार १७:५२:४४ | एजेन्सी
unn.prixa.net

अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले आफन्त र नजिकका साथीहरुबीच नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए । विवाह गरेर भारत फर्किएका रणवीर र दीपिकाले डिसेम्बर १ मा बलिउड कलाकारहरुका लागि भव्य रिसेप्सन पार्टी राखेका थिए । रिसेप्सनका बलिउडका कलाकार, उद्योगपति र खेल जगतका कैयौैँ व्यक्तिहरु सहभागी भएका थिए । तर दीपिका पादुकोणका पूर्वप्रेमी रणबिर कपूर भने रिसेप्सनमा देखिएनन् । 

रिसेप्सनमा रणबिर कपूरको परिवारबाट पिता ऋषि कपूर र आमा नितु कपूर पनि गएनन् । यसबाहेक रणबिरकी हालकी प्रेमिका आलिया भट्ट पनि सहभागी भइनन् । बलिउडका अधिकांश कलाकारहरु सहभागी भएको रिसेप्सनमा रणबिर कपूर उपस्थित नहुँदा अनेक अनुमान गरिएको थियो । खबरहरुमा रणबिर कपूर र आलिया भट्ट एकसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकंनमा व्यस्त भएकाले आउन नसकेको पनि बताइएको थियो ।

 

हालै अभिनेत्री दीपिका पादुकोणले यस विषयमा मुख खोलेकी छिन् । दीपिकालाई रणबिर कपूर उनको रिसेप्सनमा किन आएनन् भनेर सोधिएको प्रश्नमा दीपिकाले भनेकी छिन्, ‘हामीले यस विषयमा केही कुरा गरेका छैनौँ । रिसेप्सनअघि हाम्रो कुरा भएको थियो तर त्यसपछि कुरा नै भएको छैन । र उ रणबिर हो, त्यसैले मलाई यस विषयमा आश्चर्य लागेको छैन । रणबिर र मबीचको एक यस्तो सम्बन्ध छ, जसलाई हामी मनैदेखि मान्छौँ । यही कुरा नै यस सम्बन्धको सुन्दरता हो । जहाँ केही नभनेरै धेरै कुराहरु भइरहेका हुन्छन् ।’ 



कुनै समयमा एकअर्काको गहिरो प्रेममा रहेका दीपिका र रणबिर ब्रेकअप छि पनि एक अर्कालाई असल साथी मान्छन । साथै यी दुवैले ब्रेकअपपछि फिल्म ‘ए जवानी हे दिवानी’, ‘तमाशा’ जस्तो हिट फिल्ममा काम गरिसकेका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया