‘प्रोजेक्ट कतार एक्जिविसन’मा पहिलो पटक नेपाली ब्राण्ड

 बैशाख २६, २०७५ बुधबार १२:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

महेश्वर नेपाल/उज्यालो । 

कतार, वैशाख २५ – यहाँ व्यवसाय गरेर बसेका नेपाली युवाले ‘प्रोजेक्ट कतार एक्जिविसन’मा आफ्नो ब्रान्ड राखेका छन् । 

एक्जिविसनमा अन्तर्राष्ट्रिय बजारमा स्थापित बनिरहेको, स्थानीय कम्पनी र विश्वभर रहेका प्रख्यात कम्पनीले आफ्ना नयाँ सामान र ब्राण्डको प्रदर्शन गरेका छन् । कतारमा नेपाली व्यवसायीले आफ्नो ब्राण्ड प्रर्दशनी राखेको यो पहिलो पटक हो । प्रदर्शनीमा एक हजार भन्दा धेरै स्टल छन् । 

धनुषाको बेला गाउँका तीन दाजुभाई अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कदिरले आफू जन्मेको  गाउँ बेलाको नाममा ब्रान्ड बनाएर कतारमा व्यवसाय गर्दै आएका छन् । सन् २०११ देखि उनीहरुले कतारमा व्यवसाय सुरु गरेका हुन् । उनीहरुले अब्दुल हाफिज ट्रेडिङ एन्ड कन्ट्रयाक्ट्रि कम्पनी स्थापना गरेर एयर कन्डिसन, कुलर, आउट डोर फ्यान, कपर पाइप लगायतका सामग्रीको व्यापार गर्छन् । 

बेलायतमा समेत व्यवसाय बिस्तार गरेका यी नेपाली दाजुभाइले ‘बेलाको र किंग कुल यूएसए’ ब्राण्ड कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ मार्फत उत्पादन र वितरण गरिरहेका हुन् । 

‘हामी अहिले अमेरिकाको बजार अनुसन्धान गर्दैछौं,’ अब्दुल कादिरले भन्नुभयो, ‘छिट्टै अमेरिकामा हाम्रो व्यवसाय सञ्चालनमा आउने छ ।’ नेपालमा इकोनोमिक जोन बनाएर लगानीको वातावरण तयार पारिदिए उद्योग खोलेर नेपालमा बनेको ब्राण्डलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

कतारको बजारमा त हाम्रो ब्राण्ड अन्य देशको ब्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ,’ अब्दुल बासिदले भन्नुभयो, ‘मध्यपूर्व एसियाको बजारको उच्च माग र विक्री बजारको अध्ययन गरेर बेलाको ब्राण्ड पुर्‍याउने छौं ।’ अब्दुल बासिद एनआरएन आइसिसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत हुनुहुन्छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया