अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका–९, का लक्ष्मण गुरुङले विगतका केही वर्षमा एक मन (४० केजी) अलैँची एक लाख २५ हजारसम्म बिक्री गर्नुहुन्थ्यो ।
अलैँचीबाट राम्रो कमाई भएसँगै उहाँले हौसिएर अलैँची खेती थप विस्तार गर्नुभयो । अहिले उहाँले १ सय ५० रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । तर पछिल्ला केही वर्षमा उत्पादित अलैँचीले राम्रो मूल्य नपाउँदा उहाँ चिन्तित हुनुहुन्छ ।
‘पहिले प्रति मन अलैँचीको एक लाख २५ हजारसम्म पाइन्थ्यो । अहिले ३० हजार पाउन पनि मुश्किल छ । अलैँचीको मूल्य घटेकोमा हामी किसानहरु चिन्तित छौँ,’ उहाँले भन्नुभयो ।
कृषकहरुले आफुले गरेको उत्पादनको मूल्य आफैँ तोक्न नपाउने अवस्था रहेको उहाँ गुनासो गर्नुहुन्छ । ‘हाम्रो उत्पादनको बजार मूल्य भारतीय बजारले निर्धारण गर्छ । किसानले आफ्नो उत्पादनको मूल्य निर्धारण आफैँ गर्न पाउने अवस्था नै छैन,’ उहाँले थप्नुभयो ।
पछिल्लो समय गुणस्तरीय अलैँची उत्पादनमा अघि बढेको लमजुङसहित अलैँची उत्पादन हुने इलाम, पाँचथर र ताप्लेजुङ लगायतका किसानहरु अलैँचीको मूल्य घट्दा निराश छन् ।
ताप्लेजुङकै डम्बरबहादुर कार्कीले आफ्नो १० रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । उहाँले रामशाही जातको अलैँची लगाउनुभएको छ । उहाँले वार्षिक ८ देखी १० मन अलैँची फलाउनुहुन्छ ।
विगतमा एक मन अलैँची एक लाख बढी रुपैयाँमा बेच्नुभएका कार्कीले अहिले प्रति मन अलैँची २५ सय देखी २६ सय रुपैयाँमा बेच्नुपरेको छ ।
‘अहिले प्रति केजी अलैँची ६ सयदेखि ७ सय रुपैयाँसम्म बेचेका छौँ । अलैँचीको मूल्य घट्दा हामी किसान दुःखी छौँ,’ उहाँले भन्नुभयो ।
यसैगरी, बेसीशहर नगरपालिका–१०, खाँचेका सोमबहादुर तामाङले पनि ३५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । उहाँले रामशाही, गोलशाही र भर्लाङ्गे जातको अलैँची लगाउनुभएको छ ।
अलैँची खेतीमा लाग्दै गर्दा विगतका वर्षहरुमा अलैँची बिक्रीबाट राम्रो पैसा हात पार्नुभएको थियो, सोमबहादुरले । गाउँमै बसी अलैँची बिक्रीबाट राम्रो कमाई हुँदा उहाँ खुशी नै हुनुहुन्थ्यो ।
तर पछिल्ला केही वर्षमा अलैँचीको मूल्य घटेपछि उहाँ निरास हुनुहुन्छ । ‘राम्रो होला भनी परदेश छोडी देशमा आई अलैँची खेतीमा लागियो । अहिले मूल्य घटेको छ । फेरी पैसाकै लागि विदेश जानुपर्ने पो हो कि भन्ने चिन्ताले सताउँछ ।’
कुनै वर्षमा प्रतिकेजी २२ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म अलैँची बेच्नुभएका तामाङले अहिले प्रतिकेजी ७ सय ५० रुपैयाँमै अलैँची बेच्नुभएको छ । उहाँका अनुसार लमजुङका किसानले गएको वर्ष प्रतिकेजी ६ सय ५० रुपैयाँमा अलैँची बेचेका थिए ।
अलैँचीको उत्पादन क्षेत्र विस्तार हुँदै गएपनि गुणस्तर र ठूलो परिमाणमा उत्पादन हुन नसक्दा बजार कब्जा गर्न नसकिएको नेपाल अलैँची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे बताउनुहुन्छ ।
स्तरीय उत्पादन, ग्रेडिङ, भण्डारणदेखि बजारीकरणसम्मका प्रक्रियालाई थप व्यवस्थित बनाउन सकियो भने मात्रै पूर्वदेखि पश्चिमी पहाडसम्मका मुहार फेरिने उहाँको भनाई छ ।
अलैैँचीको बजार माथि उठ्ने, नउठ्ने सवालमा निर्धारण गर्नै नसकिने अवस्था रहेको महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुहुन्छ ।
‘विगतमा विभिन्न हल्ला र भ्रम फैलाएर हाम्रो अलैँचीको भाउ घटाउने र बजारमा नबिक्नेसम्मको अवस्था बन्यो’, उहाँ भन्नुहुन्छ, ‘अझै पनि मूल्य बढ्छ भन्नै नसक्ने अवस्था छ ।’
‘अलैँचीको समग्र पक्षको अवस्थाबारे बुझ्न एक हप्ते अध्ययन अवलोकन भ्रमणमा निस्कँदा अलैँचीको मूल्य घटेकोमा देशभरका किसान निराश भएको पायाँै,’ नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले भन्नुभयो ।
राज्यले उचित नीति निर्माण गरी ‘ट्रेडमार्क’ गरी बाह्य मुलुक निर्यात गर्न सके मात्रै नेपालको अलैँचीले राम्रो मूल्य पाउन सक्ने उहाँ बताउनुहुन्छ ।
देशका विभिन्न जिल्लाबाट अलैँची झापाको बिर्तामोडमा संकलन हुन्छ । भारतीय बजार पुग्छ । र भारतबाटै नेपालको अलैँची अन्य तेश्रो मुलुक पुग्छ ।
‘राज्यले गुण्स्तरीय अलैँची उत्पादनमा जोड दिँदै अन्य तेश्रो मुलुकमा यहाँ उत्पादित अलैँची निर्यात गर्न सक्ने नीति बनाएमा किसानको हित हुन्छ । देशको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।