गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज दिउँसो पानी परेको छ । गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली केही कमजोर भए पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने क्रम रोकिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र कतै कतै मध्यम वर्षा भएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र स्थानीय वायु सक्रिय भएका कारण मेघगर्जनसहित पानी परेको बताउनुभयो । आज हिजो/अस्तिजस्तो ठूलो पानी परेको छैन । पर्सि बिहीवारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ ।
भोलि बिहानसम्मको पूर्वानुमान अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी एक/दुई ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै पर्सि बिहीवारदेखि मौसम फेरि बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।