तत्कालीन गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित ५ रुपैयाँकाे नयाँ नाेट चलनचल्तीमा

 वैशाख २, २०८२ मंगलबार १५:४३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका थप ५ लाख ६० हजार थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आजदेखि सङ्केत नम्बर ०००००१ देखि ५६०००० सम्मको ५ रुपैयाँको नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । साविककै आकार तथा रङ्गमा नोट चलनचल्तीमा आएको हो ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ । नोटको मध्य भागमा याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया