अन्ततः फुट्यो विवेकशील साझा पार्टी

 पुस २७, २०७५ शुक्रबार १७:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । 

पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।

केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो । 

विवेकशील साझाको किचलो सतहमा, पार्टी गलत बाटोमा हिँडेको भन्दै थापाले सार्वजनिक गरे प्रतिवेदन

 

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • Shyam

    Jan. 11, 2019, 5:44 p.m.

    थुक्क बेइज्जती ....सबै कुर्सीको पछाडि नै दौडने भए /

  •  0 Reply

तपाईको प्रतिक्रिया