मानसिक स्वास्थ्यका लागि घातक बन्दै PUBG

 पुस ३०, २०७५ सोमबार १८:०:२७ | एजेन्सी
unn.prixa.net

अचेलका युवा तथा किशोर–किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल हो पबजी (PUBG) । यो अनलाइनको माध्यामद्वारा मोबाइल तथा कम्प्युटरमा खेलिन्छ । यो खेल खेल्न थालेपछि खेल्ने मान्छेमा चाँडै नै यसको लत बस्छ । त्यसपछि उनीहरुले आफ्नो खानपिनसमेत भुल्छन्, अर्थात आफ्नो महत्वपूर्ण कामको पनि उनीहरुलाई वास्ता हुँदैन । जसले गर्दा उनीहरुमा विभिन्न मानसिक समस्या उत्पन्न हुन थाल्छन् ।

‘प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात छोटकरीमा पबजी भनिने यो खेल व्यस्त दुनियाँमा सबैभन्दा बढी खेलिने अनलाइन खेल बन्दै गएको छ । समूहमा खेलिने यस खेलप्रतिको लोकप्रियताले बालबालिकाहरुमा गलत प्रभाव पार्दै आएको मनोचिकित्सकहरु बताउँछन् । मनोचिकित्सकहरुका अनुसार यो खेल खेल्नेहरुको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने गरेको छ ।

नेपालमा यस खेलले पारेको प्रभावबारे कुनै अध्ययन गरिएको छैन । तर यस खेलबारे सामाजिक सञ्जालमा शेयर हुने भिडियोका आधारमा यहाँ पनि खेल्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

भारतको नेसनल हेल्थ एण्ड न्यूरो साइन्सको प्रतिवेदनले यस खेलले पारेका समस्याबारे १ सय २० भन्दा बढी समस्या दर्ता भएको जनाएको छ । रिपोर्टमा यो खेल खेल्नेहरुको मानसिक अवस्था बिग्रेको पाइएको छ । उनीहरुको तथ्याङ्कका अनुसार ६ वर्षका बालक देखि ३२ वर्षीया युवाहरुले यो खेल खेल्ने गरेका छन् ।

यस खेलको बढ्दै गरेको लतका कारण नेपालमा पनि युवाहरुमा मानसिकसम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । 

पबजी खेलका कारण हुने सामान्य समस्या यसप्रकार छन् :

  • निद्रामा कमी तथा निन्द्रा सम्बन्धी विभिन्न समस्या
  • विद्यालय तथा क्याम्पसमा अनुपस्थिति बढ्नु
  • अनावश्यक कुरामा पनि रिस उठ्नु
  • सामान्य कुरामा पनि झर्किनु, साथीभाइ तथा घरपरिवारका सदस्यसँग असमान्य व्यवहार देखाउनु ।

यो खेल विश्वभरिका खेलाडीहरुसँग खेल्न मिल्छ र सबैको समय क्षेत्र फरक–फरक हुन्छ । नेपालका युवाहरु अमेरिकन तथा युरोपियन खेलाडीहरुसँग खेल्नको लागि भए पनि रातको दुई–तीन बजेसम्म नसुतेरै भर्चुअल खेलमा रात बिताउँछन् ।

यसले उनीहरुको निन्द्रा मात्र बिगार्दैन, यसको नकारात्मक असर रक्तचापदेखि मधुमेह जस्ता रोगहरुको पनि संक्रमण निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउने चिकित्सकहरु बताउँछन् ।

यस्तै खेलमा देखाइने हतियारका कारण बच्चाहरुको दिमागमा हिंसात्मक विचार उत्पन्न गराउने र यसले उनीहरुमा नैराश्यता पैदा गराउँछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  • Ram prasad mishra

    Jan. 15, 2019, 7:16 p.m.

    होइन यस्तो कुरा बिना अनुसन्धान किन लेखेको हो ?

  •  1 Reply

तपाईको प्रतिक्रिया