प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ ।
फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।
झापाको जितमा पुजन उपरकोटी नायक बने । उनले २३ औँ र ८३ औँ मिनेटमा २ गोल गरे । प्रतिस्पर्धात्मक खेलमा ७२ औँ मिनेटमा आर्मीका राजिब गुरुङले बराबरी एक गोल गरे । अन्तिम ७ मिनेटको समय सम्हालिन नसक्दा आर्मीले गोल खान पुग्यो । ८३ औँ मिनेटमा झापा–११ का पुजन उपरकोटीले विजयी गोल गर्दै टिमलाई उपाधि दिलाए । जितसँगै झापाले ट्रफीसहित नगद ४ लाख प्राप्त गर्दा उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित बुझायो ।
फाइनल खेलको म्यान अफ् द म्याच आर्मीका गोलकर्ता राजिव गुरुङ भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको विधागत तर्फ पनि झापाकै वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका देबेन्द्र तामाङ भए । उनले यामाहाको मोटरसाइकल पाए । प्रतियोगितामा ४ गोल गरेका झापाका कर्ण लिम्बू सर्वाधिक गोलकर्ता बने । उनले नगद १५ हजार पाए । बेस्ट मिडफिल्ड झापाका पुजन उपरकोटी, बेष्ट फरवार्ड दिलन लोक्तान, बेष्ट गोलकिपर मनोज प्रधान र बेष्ट कोच प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको बेस्ट डिफेन्डर भने आर्मीका युद्ध शाही बने । उनले पनि नगद १० हजार पाए । प्रतियोगिताको उदीयमान खेलाडी भने आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रबिन जवेगु बन्दै नगद १० हजार पाए ।
फिदिम स्पोर्टिङ क्लब पाँचथर र पाँचथर फुटबल संघको संयुक्त आयोजनामा पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरुसहित १० टोलीले सहभागिता जनाएका थिए ।
पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप नेपालको १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको सम्झानामा विगत १० वर्षदेखि आयोजना हुँदै आएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।