प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले बागमतीलाई ४८ रनले हरायाे
चैत ३, २०८१ आइतबार
काठमाडौं – वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ ।
पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उपचारका लागि बेलायत गए पनि डाक्टरहरुले निको नहुने भनेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो ।
त्यसपछि उहाँलाई न्यूरो अस्पतालमा नै राखिएको थियो । गत हप्ता मात्र आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो । डाक्टर देवकोटाकी ३ छोरी र श्रीमती छन् । डाक्टर देवकोटाको निधन भएको समाचार सुनेपछि उहाँको शुभचिन्तकहरु अहिले अस्पताल पुगेका छन् ।
डाक्टर देवकोटाको शवलाई श्रदाञ्जलीका लागि भोलि बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पताल बाँसबारीमा राखिनेछ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उहाँको काजकिरिया ७ दिनमै सक्ने परिवारले जनाएको छ ।
अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनु भएको थियो । वीर अस्पतालमा न्यूरो अर्थात मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो । पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
P.R. Bhattarai
June 18, 2018, 9:09 p.m.The untimely demise of Dr Upendra Devkota can not be completed by any means. At this grievous moment I express my heartfelt condolences and pray the God for eternal serenity of his soul.