डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर

 माघ ६, २०७५ आइतबार १०:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने र आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेर अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

डाक्टर केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण देखिएपछि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको छ । १६ औं पटकको अनसनमा रहेका डाक्टर केसीलाई अनसनको दशौं दिन इलामबाट ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखिएको छ । 

यस्तै, डाक्टर केसीको माग पूरा हुन नहुने र संसद्मा प्रस्तुत चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग राखेर अनसनमा बसेका विजय थापाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरले उज्यालोलाई जानकारी दिएका छन् । 

सरकार भने डाक्टर केसीको माग प्रति कठोर बनेकाले दुर्घटना हुन सक्ने भन्दै केसीका समर्थकले चिन्ता व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया