बाग्लुङको बडिगाड गाउँपालिकाले 'ग्रीन हाइड्रोजन' उत्पादन गर्ने प्रक्रिया अघि बढायाे

 बैशाख २६, २०८१ बुधबार १५:२१:९ | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा अर्थात् 'ग्रीन हाइड्रोजन' उत्पादन गर्ने भएको छ । नेपाल इनर्जी फाउन्डेशन, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत संस्थाहरूसँग सहकार्य गरेर 'ग्रीन हाइड्रोजन' उत्पादन गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

वडा नम्बर २ मा रहेको गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट स्थापना गर्ने गाउँपालिकाको लक्ष्य छ । ग्रीन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग गर्ने तयारी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

सन् २०२४ भित्रै हाइड्रोजन प्लान्ट निर्माण स्थापना गर्ने गरी काम अघि बढाएको अध्यक्ष अधिकारीकाे भनाइ छ । गाउँपालिकाले हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ हिजो वडा नम्बर २ खर्बाङमा हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिको नमुना प्रदर्शन गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया