बच्चा जन्माउन नसक्दा आमा र नवजात शिशुको ज्यान गयो

 असार ५, २०७५ मंगलबार २०:४२:४३ | अमर सुनार

दैलेख – दैलेखको पिपलकोटमा बच्चा जन्माउन नसकेको कारण आमा र नवजात शिशुको आज मृत्यूभएको छ ।

सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजादै गर्दा सुँगुरखाल भन्ने ठाउँमा पुगेको बेला ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । ज्यान जानेमा आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी १५ वर्षीया कृष्णा कसेरा र उनको नवजात छोरा रहेको पिपलकोट स्वास्थ्य चौकीका प्रमुख अहेव रामबीर यादवले जानकारी दिनुभयो ।

‘स्वास्थ्य चौकी नपुग्दै ज्यान गएको भन्ने जानकारी पाएपछि अवस्था जान्न त्यहाँ पुग्दा ‘आमा र नवजात शिशुको गैसकेको थियो’, पिपलकोट स्थास्थ्य चौकीका अनमी दुर्गाकुमारी शर्माले भन्नुभयो ।

‘नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात ४३ केजी मात्र भएको कारण जोखिम हुने भएकोले सुर्खेत लैजान भनेका थियौँ, तर व्यथा लागिसकेपछि पनि घरमै सुत्केरी गराउन प्रयत्न गरेका र धेरै ढिला मात्र स्वास्थ्य चौकी ल्याउन लाग्दा ज्यान गएको रहेछ’ अनमी शर्माले भन्नुभयो । 

बालविवाह गरेको र परिवार नियोजनका साधन प्रयोग गर्न समेत बेवास्ता गरेकाले सानै उमेरमा गर्भवती भएकै कारण कृष्णाको ज्यान गएको स्थानीय सामाजिक कार्यकर्ता डिलसरा पुलामीको भनाई छ । कृष्णाका श्रीमान् १७ वर्षीय प्रकाश कसेरा भारतमा मजदूरी गर्न जानुभएको छ । 

पिपलकोट तोलीचाखामै माइती भएकी कृष्णा र प्रकाश कसेराबीच डेढ वर्ष अघि भागी विवाहलाई समुदायले रोक्न खोज्दा परिवारजनले सहमत जनाएका थिए । दलित र जनजातिको बाहुल्यता रहेको दैलेखको विकट गाउँ पिपलकोटमा बालविवाहको समस्या विकराल रुपमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया