शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ७ अर्ब पनि पुगेन
चैत ३, २०८१ आइतबार
काठमाडाैं - वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन रेडियोसोण्ड उडाइएको छ ।
विहान ५ बजेर ३७ मिनेटमा काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइएको हो । वायुमण्डलमा अब बेलुन हरेक दिन उडाइनेछ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको प्रयासमा विहान मौसमी बेलुन उडाइएको हो ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइएको जानकारी दिनुभयो ।
उहाँले अहिले मौसमको पूर्वानुमान भारतको लखनउलाई केन्द्रविन्दु मानेर गरिने हुँदा पूर्ण विश्वसनीय हुन नसकेको भन्दै अब आफ्नै देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने बताउनुभयो ।
मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।
यो बेलुनले ३०–४० किलोमिटर माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउने छ र त्यही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ । बेलुन उडाउँदा दैनिक २ सय अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।