धारिलाे हतियार प्रयोग गरी महिलाको विभत्स हत्या

 माघ १५, २०७५ मंगलबार १०:४६:५३ | रासस
unn.prixa.net

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उहाँले बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उहाँले बताउनुभयो । घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताउनुभयो । 

घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया