मोदी र ओलीको संयुक्त वक्तव्य, प्रधानमन्त्री ओलीलाई फेरि भारत भ्रमणको निम्तो

मोदीको नेपाल भ्रमण

 बैशाख २९, २०७५ शनिबार १९:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर शनिबार स्वदेश फर्कनुभएको छ ।

 

मोदी स्वदेश फर्कनुअघि दुवै देशका प्रधानमन्त्रीले १५ बुँदे संयुक्त वक्तव्य जारी गर्नुभएको छ । संयुक्त वक्तव्यमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको विषयदेखि शुक्रबार र शनिबार भएका वार्ता र वार्ताको निष्कर्ष उल्लेख गरिएको छ ।

वक्तव्यका प्रमुख बुँदाहरु–

  • वैशाख २८ गते दुवै देशका प्रतिनिधिमण्डलसहित भेटवार्ता, द्विपक्षीय घनिष्ट सम्बन्ध र समझदारीका बारेमा छलफल भयो । 
  • प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणका क्रममा भएका सबै सन्धि–सम्झौताको कार्यान्वयन, जलमार्ग, कृषि, रेलमार्ग आदिमा जोड दिइएको छ । 
  • समानता, आपसी हित, सम्मान र फाइदाको नीतिका आधारमा सामाजिक–आर्थिक विकासको साझेदारीका क्षेत्रमा द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारी भएको छ । 
  • सामाजिक–आर्थिक विकास परियोजना तथा द्वीपक्षीय सम्बन्धको समीक्षाका लागि परराष्ट्र मन्त्रालयमा मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग लगायतका द्वीपक्षीय संयन्त्रको निरन्तर स्थापनामा जोड दिइएको छ । 
  • भारतसँगको बढदो व्यापार घाटाको मुद्दा समाधानका लागि व्यापार तथा आर्थिक साझेदारीमा जोड दिइएको छ । 
  • व्यापार, पारवहन तथा सहकार्यका लागि भर्खरै भएको अन्तर सरकार समिति बैठकको स्वागत, भारतीय बजारमा नेपाली उत्पादनको सहज प्रवेशका लागि द्वीपक्षीय व्यापार, पारवहन सन्धी पुनरावलोकनमा जोड दिइएको छ ।   
  • आवागमन र व्यापारका लागि आवश्यक पर्ने हवाई, जल र स्थलमार्गमा दुवै देशको आवद्धता हुने । 
  • आपसी हितका लागि जलसम्बन्धी नदी, डुबान, बाढी व्यवस्थापन तथा सिंचाइको क्षेत्रमा सहकार्यको आवश्यकता महसुस गरिएको छ । 
  • ९०० मगोवाट क्षमताको अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास भएको छ र यसको उत्पादनले दुइ देशबीचको उर्जा उत्पादन र व्यापारको साझेदारीमा सहयोग पुग्ने विश्वास लिइएको छ । 
  • गएको अप्रिल महिनामा गठन भएको उर्जासम्बन्धी संयुक्त सञ्चालन समितिको बैठकको स्वागत गर्दै द्विपक्षीय उर्जा व्यापार सम्झौताका माध्यमबाट उर्जा सम्बन्धि द्विपक्षीय साझेदारी बढाइनेछ । 
  • धार्मिक र सांस्कृतिक आवद्धताका लागि जनकपुरलाई नेपाल–भारत रामायण सर्किटमा जोड्दै जनकपुर–अयोध्या सीधा बस सेवाको उद्घाटन । 
  • साकर्, बिमस्टेक, बिबिआईएन लगायतका क्षेत्रीय र उपक्षेत्रीय संगठनको महत्वलाई बढावा दिइनेछ । 
  • भारतीय प्रधानमन्त्री मोदीको तेस्रो भ्रमणले दुइ देशबीचको प्राचिन सम्बन्धलाई अझ प्रगाढ बनाएकोे निष्कर्ष छ । 
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो, ओलीद्वारा स्वीकार, मिति तय पछि गरिने । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया