बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन ।
कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गबाट कुश्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नम्बरको जीप ब्रेक फेल भै दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गका बासिन्दा रहेका छन । घाइतमध्ये कुश्मा –३, दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जीपका चालक ४६ वर्षीय डिलवहादुर गुरुङको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा परि घाइते भएका त्यसै ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीया एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार,४० वर्षीया सुधा गुरुङ्ग र कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बस्ने २५ वर्षीया एलिजा बिक जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर डिस्चार्ज भएका छन् ।
तस्बिर- देवराज शर्माकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।