धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
प्युठान, वैशाख ३० – महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटनामा चालक कैलालीका बीरबहादुर थारुसहित ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि अन्य २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । गम्भीर घाईते भएका ४ जनालाई बुटवल लगिएको छ । अन्य २१ जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
ज्यान गएका ५ मध्ये ४ जनाको शव बाहिर निकालिएको छ । १ महिलाको शव गाडीमै च्यापिएको र गाडी कटिङ गरेर निकाल्ने कार्य भैरहेका प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
गाडी चालक बाहेक अन्यको सनाखत हुन सकेको छैन । दुर्घटनाको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको प्रहरी टोली दुर्घटना स्थलमा परिचालित भएको छ ।
बसको हेड लाईट बिग्रेपछि बस सडकबाट २ सय मिटर तल खसेको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट खुल्न आएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्लास्थित सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालित भएका छन् । उद्धार कार्य भैरहेकाे र विस्तृत विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।