गरिबी निवारण कोषले उद्यमशीलताका लागि उद्योग मन्त्रालयसँग सहकार्य गर्ने

 असार ७, २०७५ बिहीबार ८:१:३४ | उज्यालो सहकर्मी

काठमाडौं – गरिबी निवारण कोषले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमसँग उद्यमशीलता विकासको क्षेत्रमा सहकार्य गर्ने भएको छ ।

उद्यमशीलताको माध्यमवाट रोजगारी बढाई गरिबी निवारण गर्ने उद्देश्य सहतिको समझदारीपत्रमा दुवै निकायका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

उद्योग सचिव यामकुमारी खतिवडा र कोषका उपाध्यक्ष डा वाईवी थापाको उपस्थितिमा मन्त्रालय अन्तर्गतको लगानी प्रवद्र्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई र कोषका कार्यकारी निर्देशक नहकुल केसीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीपत्रमा समान उद्देश्य र अवधारणा भएका यी दुई कार्यक्रम सामाजिक परिचालन, उद्यमशीलता विकास, सीप विकास, वित्तिय पहुँच, उपयुक्त प्रविधि, बजारमा पहुँच र व्यावसायिक परामर्श, परम्परागत सीपमा आधारित हस्तकला विकास तथा प्रवद्र्धन, आय आर्जनका लागि घुम्ती कोष परिचालन जस्ता कार्यहरुमा एकिकृत रुपमा काम गर्ने उल्लेख छ । 

यसैगरी मन्त्रालय अन्तर्गत सञ्चालित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन कार्यक्रम र कोषका लक्षित समुह र वैदेशिक रोजगारीबाट फर्किएका युवाले हासिल गरेका सीप र अनुभव समेत उपयोग गर्दै उद्यमशीलताको विकास गरी गरिबी निवारणमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको कोषका प्रवक्ता श्रीराम सुवेदीले जानकारी दिनुभयो । 

यो सहकार्यले कोषका साढे सात हजार जना सेवाग्राहीले उद्यम विस्तार र स्तरोन्नतिका लागि उद्यमशीलता विकास तालिम प्राप्त गर्नेछन् । 

यस्तै सीप विकास तालिम अन्तर्गत लघु उद्यमीले आफ्नो उद्यम सञ्चालनको लागि प्रत्येक स्थानीय तह मातहत रहने गरी स्थापना हुने ७७ वटा साझा सुविधा केन्द्रमा उद्यम स्थापना र उपयोग गर्न पाउने पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया