९९ वर्ष टेकेका सत्यमोहन भन्नुहुन्छ, ‘चिन्ता नलिनुस्, मजस्तै धेरै वर्ष बाँच्नुहुन्छ’

 वैशाख ३०, २०७५ आइतबार ८:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं, वैशाख ३० – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्षमा प्रवेश गर्नु भएको छ । ९९ वर्षको उमेरमा पनि उहाँ उतिकै सक्रिय हुनुहुन्छ । लौरो नटेकी हिँड्नुहन्छ । सार्वजनिक कार्यक्रममा सहभागी भैरहनुहुन्छ । चस्मा नलगाईकन पत्रिका पढ्न सक्नुहुन्छ । कान पनि राम्रो सुन्नुहुन्छ । झट्ट हेर्दा उहाँलाई ९९ वर्ष पुगेको मान्छे जस्तै लाग्दैन । स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।

शताब्दी पुरुष जोशीले उज्यालोसँगको कुराकानीमा सबैको प्रेरणाले आफू यहाँसम्म आइपुगेको बताउनुभयो । चिन्ता नलिने हो भने आयु लम्बाउन सकिने उहाँको भनाई छ । ‘भोलिको चिन्ता गरेर बस्न हुँदैन, मनमा चिन्ता नहुने हो भने सधैं स्वस्थ भइन्छ’ उहाँले भन्नुभयो, ‘म चराचुरुंगी, प्रकृतिसँग रमाउँछु, त्यही प्रेरणाले म ९९ वर्ष पुग्दा पनि स्वस्थ छु ।’

ललितपुरको बखुम्बहालमा उहाँको जन्म भएको हो । उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । उहाँले तीन पटक मदन पुरस्कार पाउनुभएको छ ।

हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उहाँले संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार पाउनुभएको हो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप उहाँले सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया