कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ ।
एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।
केन्द्रका निर्देशक डाक्टर तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।
फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।